नियम २३
पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी
पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी देहाय बमोजिम हुनेछः–
(क) सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको राम्रो खानपिन तथा बसोबासको व्यवस्था गर्ने,
(ख) पर्वतारोही दलले यस नियमावली बमोजिम तिर्नु वा बुझाउनु पर्ने रकम वा क्षतिपूर्ति तिर्नु वा बुझाउनु पर्ने,
(ग) लश्करमार्ग, आधार शिविर तथा आधार शिविरभन्दा माथि आफ्नो दलबाट प्रयोग गरिएको सामानबाट निस्किएको फोहरमैला यस नियमावली बमोजिम व्यवस्थापन गर्ने,
(घ) यस नियमावली बमोजिम तोकिएको शर्त तथा मन्त्रालय र सम्पर्क अधिकृतले दिएको निर्देशन बमोजिम काम गर्ने, गराउने ।